गृहपृष्ठ आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
आज यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
आज बिहीबार नेपाल इन्स्योरेन्स कर्पोरेसन नेपाल र नेरुडे लघुबित्त संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
भोलि फागुन ७ गते दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् यसर्थ आज फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी दुई कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन्।नेपाल इन्स्योरेन्स कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ समेत रहेको छ।
त्यस्तै प्रस्तावित लाभांश कम्पनीको फागुन २५ गते हुने १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि साधारण सदस्यहरुलाई वितरण गरिने छ । कम्पनीले फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
त्यसैगरी नेरुडे लघुबित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश रहेको छ । संस्थाको लाभांश फागुन २२ गते हुने १४ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ। कम्पनीले फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। स्रोत:- arthasansar





