दुःख गरेर कमाएको देख्दादेख्दै पनि श्रीमतीको आवश्यकता भन्दाबढी महँगा कपडा किन्ने बानी छुटेन।छोराछोरीहरु पनि काममा सघाउन त परै जावस् उनीहरू पनि बढी खर्चालु हुँदै गए।घरमा पाकेको खाजा रुच्न छाड्यो उनीहरूलाई ।बस चढे पुग्नेमा ट्याक्सी नै चढ्नु पर्ने ।आफू एक्लै घरको खेतीपाती ,करेसावारि,बस्तुभाउको स्याहारसुसार गर्नुपर्ने ।यसरी दुःख गरेर जोडेको पैसामा यो कुचाला नगर न भन्नै नहुने ।घरका सवैले दुम्सीले झम्टला जस्तो गर्ने ।यो सोच्दासोच्दै उसलाई रिगाटा लाग्ला जस्तो भयो । उ सोच्दै गयो ,यही चालाले निरन्तरता र यसको बिकास हुँदै गए ऋणले घरको जहाज डुव्ने पक्का छ।दिनभरिको शारीरिक श्रम बाब्जुद पनि उसलाई पटक्कै निद लागेन। उसले सोच्यो हरेक समस्याको पछाडि समाधानको उपाय पनि रहेको हुन्छ ।अनि समाधान के होला त,त्यसतर्फ सोच्न थाल्यो ।कुनै उपाय फुरेन।उठेर एक लिटर चिसो पानी पियो।तैपनि उपाय फुरेन।बाहिर टहलिन निस्कियो।तैपनि अझै कुनै उपाय मस्तिष्कमा चढेन।सही उपाय बताउने मान्छे फेला पार्नै गाह्रो ।सोधे झन् समस्या बल्झाइ दिने आफन्त छन् ।लामो सुस्केरा हा ल्यो उसले।
यत्तिकैमा उसले यौटा उपाय फेला पार्यो।त्यही नै बेस लाग्यो उसलाई ।उज्यालो पनि भयो ।घरमा सवै मस्त संग निदाइ रहेकै थिए।उठेर कुडो पकायो।वस्तुभाउलाइ घाँस पराल दियो ।तरकारी बारिमा पुगेर सवै ब्यवस्थित गर्यो।केही हिजोका जुठाभाँडा बाँकी रहेछन् ,त्यो पनि सफा गर्यो। बिहानी घाम चर्के पछि सवै उठे।उनीहरूलाई अोछ्यानमै चिया पुर्याइ दियो ।चिया पछि मुख धुन नभ्याउँदै सवैलाइ आफ्नो कोठामा बोलायो।सवैका सामु गहभरि आँसु लिंदै भन्न शुरु गर्यो।` मैले धेरै दिन पहिले देखि भन्न चाहेको तर भन्न नसकेको कुरा आँट गरेर आज भन्न गइरहेको छु।भन्न मात्र होइन अन्तिम निर्णय हो यो मेरो ।´ भावुक हुँदै जेठो छोराले सोध्यो -`त्यो के हो बा!´ उसले आँसु झार्दै भन्न थाल्यो `म अब बूढो पनि भऐ।पहिले पहिले जस्तो काम गर्ने शक्ति पनि छैन ।मेरो काममा तिमीहरू कसैले पनि कहिल्यै सघाएनौ।उल्टै मैले दुःख गरेर कमाएको पैसा अनावश्यक काममा उडाउन रमाइलो मान्यौ।कहिल्यै पनि स्वावलम्वी हुने र आफ्नै खुट्टामा उभिने प्रयास सम्म गरेनौ।यसो नगर भन्दा उल्टै म अबहेलित भऐ।यो चालाले तिमीहरूको भविष्य अन्धकार तर्फ बढिरहेको देखेको छु।यो अवस्था अब म यी आँखाले हेर्न सक्दिन ।यसैले तिमीहरू सवैलाइ छोडेर आजैका मिति देखि देवघाट गएर बस्ने भऐ।मलाई अहिले बिहानको खाना पनि नपकाउनु।जे छ सवै यहीँ छोडेर गएको छु।मलाई पति वा बा सम्झेर कोही पनि भेट्न नआउनु है´।