२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ कविता – संघर्षमय जीवन

कविता – संघर्षमय जीवन

मेरा दुई हात भएर पनि म
अपाङ्गग जस्तै लाग्छु
जो कि यी दुई हातले
त्यस्तो कुनै सहयोग गरेनन् कसैलाई
आफ्नै निम्ति सिन्को नभाँच्ने म
भाषलाई सहजै बुझाउन सक्ने
ध्वनि छ,कला छ जो भएर पनि

अवाक झैं लाग्छु म आफै
जव हजारौ झमकहरु
मेरा नयन भरी नाचिदिन्छन्
उनको कला क्षमता,बुद्धिमत्ता
नाप्न सम्ने कुनै यन्त्र छैन

जसको बोलीको ब फुट्दैन मुखबाट
जसका हात चल्दैनन् क लेख्न
यस्तो भएर पनि संघर्षमय जीवन
चुनौती पहाडमा ठोकीन खोज्दा
सहजै वचाउने कला छ ।

यी दुई खुट्टा भएर पनि
लङ्गडो भएको भान हुन्छ भित्रभित्रै
जसको,
एक पाइला सत्कर्म गर्नअघि बढेन
बरु अघि बढ्ने कै खुट्टामा झुण्डिरह्यो
यसरी की म भ्यागत्ता हुँ

न अरुलाई अघि बढ्न दिन्छु न आफै
बल्ल गहिरो निन्द्रामा परेजस्तै गरि
खुब घोल्तिएर, गहिरीएर सोच्ने गर्दछु
सम्झिन्छु फेरी ति पारिजातलाई
हजारौं विष्णु वाइवाहरुलाई
जो आफ्ना दुई वटै खुट्टा नभएरै
कुना कुन्दरा चहारीन् संसार चहारीन् ।

आँखा भएर पनि
म अन्धो जस्तै लाग्छु
जब कि हजारौं ति
सडक र गल्लीमा
गला र कलाले भरीएका
सुरिला स्वर गञ्जाउँछन्

बनावटी आँखा नभएर पनि
दुर दृश्टि भएका तमाम ती
रमेशहरुलाई सम्झिन्छु
यही माटोमा जन्मिएका छन्

उदाहरण,
कैयौं प्रेणाका स्रोत
विविध क्षेत्रबाट उदाएका मुनाहरु
नेपाली माटोमा जगमगाएका नक्षेत्र,
विश्वसामु अफ्नो नामसँगै
देशकोनाम रोशन गर्ने सन्तान

नेपाली माटोको सुगन्धले
लठ्ठै पारेको छ दुनियाँलाई
सलाम छ उल्लेखीत सबैलाई
नमन छ दिलै देखि
लाग्छ मेरो कमलो हृदय
ढुङ्गाको भैइ सक्यो
म कसैलाई सुन्दिन

कसैलाई पढ्दिन
कसैलाई बुझ्दिन
किन म मपाईले मातेको छु ?
किन मलाई तपाई भन्न आउँदैन ?
हो यसकै जवाफ खोजी गर्नु छ
मैले आफ्नै लागि नसम्झेर
समाजको लागि, देशको लागि

सोच्ने बेृला आएको छ
यसो भने किन ढिला
लौ मैले सुरु गरे
अब तपाईको पनि बुद्धि पलावस्
जस कारण अझै माथि उठ्न सकोस्
यो नेपालको गरीमा,यो देशको शिर
जय नेपाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार