गृहपृष्ठ प्रगतिको रहस्य
प्रगतिको रहस्य
लघुकथा
तिमीहरू बीच कत्तिको ठाक् ठुक् हुन्छ ? भनेर बिमलाले उत्सुकतापुर्वक सिर्जनाको दाम्पत्य जीवन कस्तो छ बुझ्न चाहिँ सिर्जनाले भनी हामी बीच झगडा भएको मलाई सम्झना छैन । उसको यो कुरा सुनेर बिमलाले भनीू उसो भए तिमीहरू बीचको दाम्पत्य जीवन असफल तिर उन्मुख ठान्छु म त सिर्जना झसङ्ग भइ र भनी – कसरी ?
विमलाले गम्भीर हुँदै भनीू देखावटी माया मात्र जीवनको सफलता होइन । बढी बिश्वासले अगाडि बढे कहिलेकाहीँ नसोचेको परिणाम भोग्न नपर्ला भन्न सकिदैन । एकअर्कामा सीमा नाघेर माया गरे बेलाबखत सचेत गराउने आँट पनि नआउन सक्छ ।
अनि तिमीहरूको कस्तो छ तरु सिर्जनाको जिज्ञासामा विमलाले भनीूहामी बीच भने हरेक दिन जसो सामान्य बेलाबेलामा असामान्य झगडा हुन्छ । यसैले हामी आपसमा कुनै कमजोरी नहुन तर्फ सचेत रहन्छौं।हामी अरुणोदय पहिले उठ्ने सरसफाइमा सङ्गै जुट्ने , दैनिक कुनै काम बाँकी नराख्ने ,आपसमा बोल्दा मर्यादित शब्दको प्रयोग गर्ने ,समयमै घर फर्कने,कुनै कुरा आपसमा गोप्य नराख्ने गरेका छौं।जसको कारण हाम्रा छोराछोरी पनि निकै अनुशासित हुन सिकेका छन् ।यसमा तलमाथि परे झगडा परिहाल्छ।
उसको कुराबाट प्रभावकारी सिर्जनाले अनायास भन्न पुगी आहा यो पो रहेछ ,बेलाबखत झगडाको रहस्य सामाजिक र आर्थिक उन्नति,बल्ल बुझें ।





