गृहपृष्ठ कविता – नेपाली संस्कृति
कविता – नेपाली संस्कृति
नेपाली हाम्रो संस्कृति राम्रो दौरा र सुरुवाल
ढाकाको टोपी आस्कोट लाउँदा क्या राम्रो सुन्दर ।।
बिहान उठी पूजापाठ गरी भजन गाऊँला
नेपाली हाम्रो संस्कृतिलाई अगाडि बढाऊँला ।।
डम्फु र मादल खैजडी हाम्रो नेपाली संस्कृति
डिस्कोमा जान्छन् झुमेर नाच्छन् आँउछ कि विकृति ।।
बिहान उठी आमा र बुबा गुरुको दर्शन
नेपाली हाम्रो संस्कृतिलाई हुदैन बिर्सन ।।
दशैँ र तिहार होली र ल्होसार अनेक छन् चाडपर्व
भएर भेला रमाइलो गर्छौ मान्दछौँ गौरव ।।
डोको र दाम्लो खुर्पेटो भिरी ओराली झरेकी
चौबन्दी चोलो गुनिउ लाउँदा चिटिक्क परेकी ।।
✍️ शुभम भुसाल , बुटवल






