२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ संक्रमितको संख्या ७९ हजार ७२८ पुग्यो आज मात्र थपिय १९ सय ११ जना कोरोना संक्रमित ,

संक्रमितको संख्या ७९ हजार ७२८ पुग्यो आज मात्र थपिय १९ सय ११ जना कोरोना संक्रमित ,

बिहीबार देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार