गृहपृष्ठ युरोकप : स्विडेन समूह विजेता, पोल्याण्ड बाहिरियो
युरोकप : स्विडेन समूह विजेता, पोल्याण्ड बाहिरियो
एजेन्सी । स्विडेन समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो ।
पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए ।
यस जितसँगै समूह ‘ई’ को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो ।
पोल्याण्डले ३ खेलमा १ अंक जोड्यो । पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।






