२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ दक्षिण अफ्रीका विजयी

दक्षिण अफ्रीका विजयी

एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेट्चरले ३५ रन जोड्दा फाबियन एलनले ३४ रन बनाए  ।  इभिन लेविसले २१ तथा जासन होल्डरले २० रन बनाए ।

दक्षिण अफ्रीकाका कागिसो राबडाले ३ तथा जर्ज लिन्डेले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि कप्तान टिम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए । यस्तै रिजा हेन्ड्रिक्सले ४२ रन जोड्दा क्विन्टन डी ककले २६ रन बनाए ।

डेभिड मिलर ११ रनमा आउट हुँदा हेन्रिच क्लासेन १० रन जोड्दा आउट भए ।

वेस्ट इन्डिजका ओबेड म्याककोएले ३ तथा केभिन सिन्क्लेयरले २ विकेट लिए ।

यस जितसँगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार