२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ कोपा अमेरिका : इक्वेडरसँग ब्राजिलको बराबरी

कोपा अमेरिका : इक्वेडरसँग ब्राजिलको बराबरी

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ ।

सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।

तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरे ।

यस बराबरीसँगै समूह ‘बी’ को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।

इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार