२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ संक्रमित १३ खेलाडीको दोस्रो रिपोर्ट नेगेटिभ !

संक्रमित १३ खेलाडीको दोस्रो रिपोर्ट नेगेटिभ !

काठमाडौं । कोरोना भाईरसको संक्रमण देखिएका २० नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल मध्ये १३ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि पुन: परिक्षण गर्दा १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

बिहीबार दिउँसो आएको दोस्रो रिपोर्ट मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ  ।

यस अघि शुक्रबार आएको रिपोर्टमा खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको हो ।

ठुलो संख्यामा खेलाडी र अफिसियलमा कोरोना देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरिसकेको छ ।

एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण सुरु हुने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ ।

एन्फाले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार