२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ कोपा अमेरिका : ब्राजिलले कोलम्बियालाई हरायो

कोपा अमेरिका : ब्राजिलले कोलम्बियालाई हरायो

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलले काेलम्बियालाई हराएको छ ।

बिहिबार बिहान भएकाे खेलमा ब्राजिलले काेलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा राेबर्टो फिर्मिन्हो र कासमिरोले एक एक गोल गरे ।

खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो ।

खेलकाे दशौं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो । रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी समयमा ब्राजिलले विजयी गोल गर्यो ।

नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए । कोपा अमेरिकामा ब्राजिलले लगातार तेस्रो खेलमा जित निकालेको छ ।

उसले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसंग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ ।

बिहिबारनै भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार