२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ युरोकप : पोर्चुगल बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

युरोकप : पोर्चुगल बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

एजेन्सी । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

बेल्जियम समूह चरणमा समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान बनाएको थियो समूह चरणमा ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार