गृहपृष्ठ कोपा अमेरिका : पेरु क्वाटरफाइनलमा
कोपा अमेरिका : पेरु क्वाटरफाइनलमा
एजेन्सी । पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।
यस जितसँगै पेरु समूह ‘बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
पेरुले ४ खेलमा ७ अंक जोड्यो ।
भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो ।






