२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ युरोकप : सेमिफाइनल समीकरण पूरा, खेल तालिका

युरोकप : सेमिफाइनल समीकरण पूरा, खेल तालिका

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ ।

यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ  ।

पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्  । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ  ।

सेमिफाइनलको खेल तालिका :

बुधबार राति १२:४५ बजे – इटाली विरुद्ध स्पेन

बिहीबार राति १२:४५ बजे – डेनमार्क विरुद्ध इंग्ल्यान्ड

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार