२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ ब्राजिल कोपा अमेरिकाको फाईनलमा

ब्राजिल कोपा अमेरिकाको फाईनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।

नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।

नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार