२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ सुत्र कविता-साइनो

सुत्र कविता-साइनो

 

  • बलवान समय

कुद्दै छु त्यसकै पछि

उद्देश्य प्राप्तिकै निमित्त !

  • काले र गोरे आए

लागेन लछरपाटो

अपमान संबिधानको ।

  • विश्व नै परतन्त्र

अनगिन्ती भए तन्त्र

कतै भेटिएन स्वतन्त्र !

  • भयो झुटको खेती

जिब्रो साँटौं सत्य बोल्न

विकासले फड्को मर्ला कि ?

  • सादा छ जीवन यो

समयको आफ्नै गति

अथाह रंगीन सपना ।

  • निस्पट छ विवेक

मानव पनि पशु भो

नजरमा धनको पट्टी ।

  • छन त छ मस्तिष्क

ब्यबहारिकता भिन्न

विवेकहिन पशु जस्तै

  • समुन्द्रको तरंग

हिर्कायो स-सानो ढुंगा

एक्कासि भयो शान्ति भंग ।

  • खै शान्तिको किरण

जोखिम भो धरातल

मडारियो राजनीति यो ।

  • प्रयोगसाला देश

प्रयोग मात्रै जनता

बढ्यो राजनितिको खेती

 

सम्बन्धित यो भिडियो पनि हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार