गृहपृष्ठ आज यो कम्पनीका लगानीकर्ताहरु भए मालामाल, यति धेरै मुनाफा कमाउन सफल
आज यो कम्पनीका लगानीकर्ताहरु भए मालामाल, यति धेरै मुनाफा कमाउन सफल
सेयर बजारमा दिनहुँजसो नयाँनयाँ रेकर्ड बनिरहँदा बजारमा धेरै लगानीकर्ताहरु मालामाल भइरहेका छन् भने शिखर इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मुनाफा कमाउन सफल भएका छन्।
कोही लगानीकर्ताहरुले लामो समयसम्म लगानी गर्दा पनि कम आम्दानी प्राप्त गरिरहँदा कतिपय कम्पनीका लगानीकर्ताहरुले भने छोटो समयमै मनग्य आम्दानी हाँसिल गर्न सफल भएको बजारमा देखिन्छ ।
त्यसैगरी पछिल्लो ४५ दिनमा मनग्य आम्दानी गर्ने लगानीकर्ताहरुमा शिखर इन्स्योरेन्सका लगानीकर्ताहरु पनि अग्रस्थानमा देखिन्छन् । सन् २०२० को अन्तिम दिन १६९० रुपैया प्रतिकित्तामा कारोबार भएको कम्पनीको सेयर मूल्य मंगलबार सम्ममा २७३४ रुपैया प्रतिकित्ता पुगेको छ।
त्यस्तै यो करिब ४५ दिनको अवधीमा यो कम्पनीका लगानीकर्ताहरुले प्रतिसेयर १०४४ रुपैयाँ मुनाफा हासिल गर्न सफल भएका छन् । लगानीकर्ताहरुले यो कम्पनीमा गरेको लगानीबाट ४५ दिनमा नै ६२ प्रतिशतभन्दा बढि मुनाफा कमाएका छन् ।





