गृहपृष्ठ बलिउड अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा, के हो यो गोल्डन भिषा ?
बलिउड अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा, के हो यो गोल्डन भिषा ?
बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन्। भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए ।
जसको जारी २०२० बाट सुरु गरिएको हो । १० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्स लगायतलाई दिने गरिन्छ। बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् । एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् ।
गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् । संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मारीको साथमा भएको तस्वीर शेयर गरेका छन। पछिल्लो पटक संजय दत्त फिल्म ’पानी पत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् ।





