गृहपृष्ठ जिताउन तिमीलाई उ हारेको थियो बुझिनौ तिमीले
जिताउन तिमीलाई उ हारेको थियो बुझिनौ तिमीले
गजल
मदनले मूना चाहेको थियो बुझेनौ तिमीले
उ तिम्रै लागि मरेको थियो बुझेनौ तिमीले
लैला र मज्नु रोमियो जुलियट हराउँछु भनेर
पत्थरमा मुटू सारेको थियो बुझेनौ तिमीले
पत्थरलाई नौनी बनाउँछु भन्दै संसारलाई सब यी देखाउछु भन्दै
बारम्बार मुटु खारेको थियो बुझिनौ तिमिले
आफुलाई दोषी देखाउँदै थियो विरुद्ध तिम्रो फैसला हुँदा
जिताउन तिम्लाइ उ हारेको थियो बुझिनौ तिमिले
सुगन्ध खोज्दै भौतारी रयौ हिरा र मोतीमा
ति तिम्रै भागमा पारेको थियो बुझिनौ तिमिले





