गृहपृष्ठ ताजा खबर
खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना भएको हो। सोमबार साँझ...
कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेलले फेसबुक स्टाटसमा लेखेका छन् । यसअघि गजुरेलका दाजुलाई पनि कोरोना संक्रमण भएको थियो। उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए...
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं...
रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । कात्तिक १० गते स्वास्थ्य समस्या भई पिसिआर परिक्षण गराउंदा पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमवार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा...
आश्रममा मनाए दशै सामाजिक अभियान्ता लाल प्रसाद पङ्गेनी `कृष्ण´ एवम् उहाँकी धर्मपत्नी दिव्या पङ्गेनीले यस वर्षको बडा दशैँ बुटवल स्थित मानवसेवा आश्रममा मनाउनुभएको छ । वर्ष २०७७ को दशै सहयोगापेक्षी आमाबुवा, दिदिबहिनी, दाजुभाइ, बाबुनानीसंगै मानव सेवा आश्रममा मनाउने सोचाइ अनुसार...
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ ।सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न आदेश दिइएको छ । सिन्जियाङको काशगार सहरमा करिब ४७ लाख...
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवास टीका र जमरा ग्रहण गरेकी...
इंग्ल्यान्ड र जर्मनी महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ । इंग्ल्यान्ड टिमका ब्याकरुम स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरिएको हो । इंग्ल्यान्डले मंगलबार ब्रिटा एरिनामा जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो । मैत्रीपूर्ण खेल...
जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा कोलकाता र पन्जाब १२ औं खेलमा लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र पन्जाबबीचको खेल नेपाली...